एनआईसी एशिया बैंकले लाभांश नबाँड्ने |

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश नबाँड्ने भएको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको ५८१ औं बैठकले आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यद्यपि, बैंकले २०७९ असार मसान्तको वासलात, आर्थिक वर्ष २०७८÷७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी सोलाई स्वीकृत गर्ने निर्णय गरेको छ । सोको अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय समेत बैंकले गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ को नाफाबाट बैंकले १५.७९ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।