अब खल्तीबाटै चिडियाखानाको टिकट |

काठमाडौं । खल्तीले अब प्रयोगकर्ताहरूलाई सजिलै सदर चिडियाखानाको टिकट काट्न मिल्ने सुविधा ल्याएको छ । यस सुविधाले सदर चिडियाखानामा लाइन बसी टिकट काट्नुपर्ने समस्याको समाधान भएको छ ।
यस सेवाबारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘विशेष गरी सानै छोराछोरी भएका अभिभावकहरूलाई अब परिवारलाई चिडियाखाना घुमाउन लाइन बसेर टिकट काट्नुपर्ने छैन ।’ विगतमा पनि खल्तीले आम नेपालीहरूको समस्याहरू समाधानलाई ध्यानमा राखी यस्तै विभिन्न सुविधाहरू ल्याइसकेको छ ।
अब परिवारसँग गुणस्तरीय समय बिताउन,चिडियाखाना घुमाउन योजना बनाउँदा घर बाटै टिकट काट्न सजिलो भएकाले यसले आन्तरिक पर्यटनमा पनि योगदान गर्ने विश्वास लिएको खड्काले बताए । खल्ती मार्फत काटिएको टिकट खल्तीको मेनु भित्र रहेको ‘माई बुकिङ’ मा हेर्न सक्नेछन् । साथै, खल्तीबाट सदर चिडियाखानाको टिकट काट्दा हरेक दिन १ जना भाग्यमानी प्रयोगकर्ताले ३२ इन्चको यसुदा टिभी जित्न सक्ने बताइएको छ ।