अभियान लघुवित्तको तेस्रो बार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम सञ्चालन |
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना् तेस्रो बार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
संस्थाको स्थापना लगतै कोभीड को कारण ले अर्थतन्त्र अस्त व्यस्त भएको जटिल अवस्थादेखि तरलताको अभाव भएको यस कठिन आर्थिक सामाजिक परिस्थितिमा निष्ठापूर्वंक काम गर्ने कर्मचारि तथा साथ सहयोग गर्ने समस्त ग्रहक सदस्य प्रति संस्थाको तर्फ बाट अध्यक्ष बाबुराम थापाले विशेष धन्यवाद ज्ञापन गरेका छन् ।
केन्द्रिय कार्यालय पनौती, ४ ,काभ्रेमा रहेको यस संस्थाले पनौती बसपार्क मा वृहत रक्तदान कार्यक्रम सम्पन्न गर्यो । संस्थाको विभिन्न शाखा कार्यालयमा समेत बार्षिकोत्सवको अवसरमा रक्तदान बृक्षारोपण, वितिय साक्षरता जस्ता विभिन्न कार्यक्रमको आयोजना गरिएको संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत रोशन कुमार अधिकारीले जानकारी दिए ।
राष्टिय स्तरको यस संस्थाले ७ वटा प्रदेशका २१ जिल्लामा ६० शाखा मार्फत २८००० सदस्यलाई सेवा प्रदान गदै आएको छ । यस संस्थाको चुक्ता पुजि २५ करोड रहेको छ ।


