आरएमडीसी लघुवित्तको नाफा ५४.१६ प्रतिशले बढ्यो |
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले यस अवधिमा १० करोड ८८ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा गत आर्थिक वर्षको सोहीअवधिको तुलनामा ५४.१६ प्रतिशले बढि हो ।
गत आवको साही अवधिमा लघुवित्तले ७ करोड ६ लाख रुपैयाँ मात्र खुद नाफा कमाएके थियो । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै खुद नाफा बढि बढेको हो । उक्त वित्तीय विवरण अनुसार यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३७.६६ प्रतिशत र सञ्चालन नाफा ५४.१६ प्रतिशतले बढेको छ ।


