वर्तमान वित्तिय संकटका सम्वन्धमा उद्यमी–व्यवसायीले गर्भनरलाई बुझाए समाधानका उपायसहितको प्रतिवेदन |
विराटनगर । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयूक्त प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी लगायत उच्चपदस्थ कर्मचारीहरुसँग भेटघाट गरी वर्तमान वित्तीय संकट सम्वन्धमा प्रतिवेदनसहित सुझाव प्रस्तुत गरेको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, नेपाल उद्योग परिसंघ प्रदेश नंं १ का अध्यक्ष भिम घिमिरे लगायत पदाधिकारी र कार्यसमिति सदस्यहरु सम्मिलित प्रतिनिधि मण्डलले गर्भनर अधिकारीलाई भेटेको हो । भेटमा अहिलेको समस्याले उद्योगहरुमा गम्भीर संकट आएकाले तत्काल समाधान खोज्न आग्रह गरिएको छ ।
गर्भनर अधिकारीले उद्योगको समस्याप्रति नेपाल राष्ट्र वैंक गम्भीर रहेको जनाउँदै सम्पूर्ण वित्तीय व्यवस्थामा सन्तुलन कायम गर्दै वर्तमान समस्या क्रमशः समाधान गर्दै जाने आश्वासन दिए ।
तीनै संस्थाका तर्फबाट संयुक्तरुपमा प्रतिवेदन तयार पारिएको हो । गर्भनर समक्ष प्रस्तुत गरिएको वित्तीय तरलता अभाव तथा ब्याज बृद्धिका कारण औद्योगिक क्षेत्रमा परेको असर र समाधान गर्नुपर्ने उपायहरु सहितको प्रतिवेदन पेश गरिएको विज्ञप्तिमा उल्लेख छ ।


