एनआइबीएल प्रगति फन्डको नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका |
काठमाडौँ । एनआइबीएल प्रगति फन्डको ४.२०% नगद लाभांश सुरक्षित गर्ने आज मंगलबार (भदौ २८ गते) अन्तिम दिन हो । नगद लाभांश वितरण प्रयोजनको लागि फन्डले बुधबार (भदौ २९ गते) बुक क्लोज गर्दैछ ।
तसर्थ, आजसम्म कायम इकाइधनीले फन्डले घोषणा गरेको नगद लाभांश पाउनेछन् । फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ४.२०% नगद लाभांश (प्रतिफल) घोषणा गरिसकेको छ । यसआधारमा फन्डले नगद लाभांशमा ३ करोड १५ लाख रुपैयाँ खर्च गर्नेछ । यस फन्डलाई नेपाल इन्भेष्टमेन्ट बैंकले प्रवर्द्धन गरेको छ ।


