केएफसीको शाखा बुटवलमा |
काठमाडौं । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा चौधौ शाखा बिस्तार गरेको छ ।
बुटवल उपमहानगरपालिका–८, सुख्खानगरस्थित भाटभटेनी भाटभटेनी डिपार्टमेन्टल स्टोरको छेउमा खोलिएको केएफसी. रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेन परिकारको उपलब्ध गराउने रेस्टुरेन्टका रुपमा परिचित छ । यस आउटलेटमा केएफसीका विभिन्न चिकेन परिकारको आनन्द लिन सकिनेछ ।
केएफसीले आफ्ना ग्राहकका लागि विभिन्न स्वादिष्ट परिकार उपलब्ध गराउँदै कोभिड १९ को रोकथामका लागि विश्वस्तरिय सुरक्षा नीतिसमेत अवलम्बन गरको छ । जसका लागि ४ प्रकारका सुरक्षा मापदण्ड स्वच्छता, जाँच, भौतिक दूरी र कन्ट्याटलेस सेवा जस्ता मापदण्डलाई अनिवार्य गरिएको छ ।
रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ ।


