सिक्लेस हाइड्रोपावरको आइपीओ बाँडफाँट, भदौ २० बाट आइपीओ नपरेको पैसा फिर्ता |
काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार (भदौ १५ गते) बाँडफाँट गरिएको छ । कम्पनीले साउन ६ गतेबाट भदौ ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि सेयर खुला गरेको थियो ।
सोही आइपीओ बुधबार बाँडफाँड गरिएको हो ।यता, कम्पनीले आइपीओ बाँडफाँटमा नपरेको पैसा भदौ २० गतेबाट फिर्ता गर्ने पनि जनाएको छ । कम्पनीले उक्त रकम आवेदकहरुले दरखास्त फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा जम्मा गरिदिने जनाएको छ ।


