एफ.पी.ओ. जारि गर्ने प्रक्रियामा मिर्मिरे, धितोपत्र बोर्डमा पत्राचार |
बनेपा । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले ले एफ.पी.ओ. जारि गर्ने सम्बन्धमा आज धितोपत्र बोर्डलाई पत्राचार गरेको जनाएको छ ।
आजैबाट एकीकृत कारोबार प्रारम्भ भएको साबिकको बुद्ध ज्योति संस्थालाई प्राप्ति गर्दाको स्वाप रेशियो १:०.७६ निर्धारण गर्दा वित्तीय संस्थाको कुल चुक्तापुजी ५३ करोड १२ लाख ५ हजार ३ सय ८८ रुपैया हुनेछ । साथै, नेपाल राष्ट्र बैंकबाट २०७९ श्रावण ३० गतेको स्वीकृति पत्रानुसार संस्थापक समूह र सर्वसाधारण समुहको शेयर स्वामित्व प्रतिशत ७० : ३० कायम गर्ने प्रयोजनको लागी एफ.पी.ओ. जारि गर्ने स्वीकृति प्राप्त भएकोले प्रक्रिया अघि बढाएको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्कर राज जोशीले बताए ।
एकीकृत कारोबार पश्चात मिर्मिरेको चुक्तापुजी ५३ करोड १२ लाख ५ हजार ३ सय ८८, अधिकृत पुजी ६० करोड, शाखा संख्या १५१ हुनेछ भने लगानीमा रहिरहेको कर्जा रकम ८ अर्ब ७२ करोड, ऋणी सदस्य संख्या ५९ हजार ७ सय जना कुल सदस्य संख्या १ लाख ३२ हजार १ सय त्रियानब्बे जना र निक्षेप संकलन २ अर्ब ६८ करोड तिन लाख ९ हजार ३ सय अठ्ठाईस रहेको छ ।


