एनआइसी एसिया क्यापटिलको एजीएम आज |
काठमाडौं । एनआइसी एसिया क्यापिटलको आज भदौ ८ गते वार्षिक साधारण सभा बस्दैछ । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पुँजीको ५५ प्रतिशतका दरले हुने आउने ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । यसैगरी, आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायतका वित्तीय विवरणका विषयमा छलफल गरी पारित गरिने एजेन्डा रहेको छ। साथै, आव २०७९–८० को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोकिनेछ ।


