कालिका पावरको नाफा १.०४% ले घट्यो |
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कालिका पावर कम्पनीले ८ करोड ८ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा १.०४% ले थोरै हो ।
अघिल्लो वर्ष यसले ८ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको सञ्चालन खर्च बढ्दा नाफा घटको हो । अघिल्लो वर्ष ८९ लाख ८१ हजार रुपैयाँ रहेको सञ्चालन खर्च यो त्रैमासमा बढेर १ करोड १८ लाख रुपैयाँ पुगेको छ ।
यता, एक वर्षको अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी भने बढेको छ । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी १८ करोड ९५ लाख रुपैयाँबाट बढेर १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा कालिका पावरको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ७२ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ७७ पैसा छ ।


