एनएमबि ५० र हाइब्रिड फन्डका इकाईधनीले २१.०५३% का दरले प्रतिफल पाउने |
काठमाडौं । एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित ‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् ।
दुवै फन्डका इकाईधनीहरुले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २१.०५३% का दरले नगद लाभांश (प्रतिफल) पाउने क्यापिटलले जानकारी गराएको छ । लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मितिसमेत तय भएको छ ।
क्यापिटलका अनुसार साउन ३१ गते बुक क्लोज हुनेछ । तसर्थ, साउन ३० गतेसम्म कायम रहने इकाईधनीहरुले मात्र प्रस्तावित प्रतिफल पाउनेछन् ।


