भदाैबाट सीआरआर ४ प्रतिशत कायम गर्नुपर्ने |
काठमाडौं । अनिवार्य नगद अनुपात (सीआरआर)लाई १ प्रतिशतले बढाएर ४ प्रतिशत पुर्याइएको छ । बैंकहरुले संकलन गरेकाे कुल निक्षेपकाे केही रकम राष्ट्र बैंकमा जम्मा गर्नुपर्छ ।
अहिले प्रणालीमा झण्डै ५० खर्ब निक्षेप रहेकाे छ । यसकाे थप १ प्रतिशत राष्ट्र बैंकमा जम्मा गर्नुपर्दा झण्डै ५० अर्ब रुपैयाँ रकम राष्ट्र बैकमा जम्मा गर्नुपर्ने हुन्छ ।
कोभिडको समयमा अनिवार्य नगद अनुपातलाई घटाएर ३ प्रतिशतमा झारिएको छ । अनिवार्य नगद अनुपात ४ प्रतिशत पुर्याउने नीति भाद्र १ गतेबाट लागू हुनेछ ।


