सिप्रदी र शिखरबीच क्यासलेश इन्स्योरेन्सका लागि सम्झौंता |

काठमाडौं । सिप्रदी ट्रेडिङ र शिखर इन्स्योरेन्सबीच क्यासलेश इन्स्योरेन्समा सम्झौंता भएको छ । सम्झौंतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र शिखरका तर्फबाट प्रमुखकार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।
यो सम्झौतापछि टाटाको गाडी किन्ने ग्राहकले आफ्नो नजिक पर्ने सिप्रदीको सर्भिस सेन्टरमा गएर मर्मत तथा दाबी गर्नसक्ने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपालमा पहिलो पटक भएको यो सम्झौंताले ग्राहकलाई छिटो र झझण्टरहित सेवा दिने कम्पनीको दाबी छ ।