डा भट्टराईले शुक्रबार मतदानको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए।
निर्वाचन आचारसंहिता अनुसार मतसंकेत गरेकाे मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । निर्वाचन आयोग स्रोतले भन्यो, ‘२४ घण्टाभित्र जवाफ दिनू भनेर उहाँका नाममा काटिएको पत्र भाइबर मार्फत पठाइएको छ ।’