करीव २० प्रतिशत स्थानकाे मत गणना आजै साँझ देखि हुने |
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदान प्रक्रिया सकिए लगत्तै आजै मतगणना कार्य प्रारम्भ हुने बताएका छन्।
थपलियाले सम्भव भएका ठाउँ करीव २० प्रतिशत स्थानको मतगणना सुरु हुने जानकारी दिए ।
भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदान केन्द्रबाट मतदान गरेपछि उनले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका हुन्।


