निलम्बनमा परेका गभर्नर अधिकारी सरकारविरुद्ध रिट निवेदन लिएर सर्वोच्च पुगे |
काठमाडौं । निलम्बनको खारेजी माग गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सर्वोच्चमा पुगेका छन् । सरकारले आफूलाई गरेको निलम्बनको निर्णयविरूद्ध गर्भनर अधिकारी आइतबार अदालत पुगेका हुन् ।
उनका वकिलले मुद्दा दायर गर्नका लागि सम्पूर्ण तयारी गरेर सर्वोच्च पुगेको अधिकारीले बताए । आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै आजै रिट दायर गर्न लागिएको समेत उनले आर्थिक न्युजसंग बताए ।
गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेको थियो । गभर्नर अधिकारीलाई गरेको निलम्बनबारे राष्ट्र बैंक कर्मचारी संघ केन्द्रिय समितिले बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कालो ब्यानर झुण्ड्याउँदै विरोध समेत गरेको छ ।


