विश्व बैंक र अमेरिकी १ खर्बभन्दा बढी ऋण र अनुदान स्वीकृत |
काठमाडौं। सरकारले १ खर्ब रुपैयाँभन्दा बढी वैदेशिक ऋण र अनुदान स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को गत बुधबारको बैठकले ऋण अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो।
विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १ सय ५० मिलियन अमेरिकन डलर (१८ अर्ब) सहुलियत ऋण स्वीकार गरिएको छ। यसैगरी अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआइडी) को ६ सय ५९ मिलियन बराबरको अमेरिकी डलर (७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदान स्वीकार गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।
विदेशी विनिमय सञ्चितिमा परेको चापबीच आएको अनुदान रकमले सरकारलाई सहज पुग्ने अनुमान गरिएको छ। यो रकम सरकारले विभिन्न शीर्षकमा प्रयोग गर्न सक्नेछ।
विदेशी निकाय र अर्थमन्त्रालयबीच सम्झौता भएपछि ऋण तथा अनुदान कार्यक्रम सञ्चालनमा आउनेछ।


