गरिमा विकास बैंकद्वारा ‘पोखरा बाटिका–क्लासिक होटल’सँग छुटसम्बन्धी सम्झौता |
काठमाडौं । पोखराको प्रख्यात होटल ‘पोखरा बाटिका – क्लासिक होटल’सँग गरिमा विकास बैंकले एक सम्झौता गरेको छ । उक्त होटलले प्रदान गर्ने विभिन्न प्रकारका रुमहरुमा २०% छुट, फुड एण्ड वेभरेजमा १५% छुट साथै अन्य सेवा सुविधाहरुमा आकर्षित छुट दिने गरी बैंकले सम्झौता गरेको हो ।
सम्झौता अनुसार, बैंकका डेविड कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नेछन् । हाल गरिमा विकास बैंकले ११८ शाखा कार्यालयहरु, २ एक्स्टेन्सन काउण्टर र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।


