भिभोले वाई सिरिजमा विशिष्ट क्यामेरा र ब्याट्री लाइफ भएको दुई नयाँ स्मार्टफोन लन्च गर्दै |
काठमाडौं । भिभोले चाँडै नै आफ्नो युवा उन्मुख वाई सिरिज अन्तर्गत– दुई उत्कृष्ट मोडल वाई ३३ एस र वाई ०१ सार्वजनिक गर्दैछ । भिभोको वाई ३३ एसमा ५० एमपी मुख्य क्यामेरा छ जसमा सम्भव भएसम्म हरेक पल कैद गर्न सकिनेछ। अल्ट्रा–क्लियर शटहरू लिन तथा दिन र रातमा फोटोहरु खिच्न धेरै शुटिङ मोडहरू पनि यसमा छन् ।
यो स्मार्टफोनमा ठूलो ब्याट्री छ जुन ५,००० एमएएच हुनसक्छ, जसले प्रयोगकर्ताहरूलाई ब्याट्री सक्किने चिन्ताबाट मुक्त गराँउदै सबै क्षणहरू खिच्न सक्ने सुनिश्चित गर्दछ।
अर्कोतर्फ,५००० एमएएच को लामो समयसम्म टिक्ने ब्याट्री लाइफको साथ वाई ०१ अन–द–गो पुस्ताको लागि उत्कृष्ट स्मार्टफोन हो । त्यसैले, यात्रा गर्न मन पराउने, धेरै भिडियोहरू वा फोटोहरू खिच्न मन पराउँने, वा घण्टौंसम्म गेमहरू खेल्नहुन्छ भने आगामी वाई ०१ तपाईंको लागि उत्कृष्ट छनौट हुन् सक्छने कम्पनीले जनाएकाे छ।
यसबाहेक, क्रिस्प र इमर्सिभ गेमिङ तथा कन्टेन्ट उपभोग अनुभवको लागि फोनमा ६.५१ इन्च एचडी+ हेलो फुलभ्यू डिस्प्ले रहेको हल्ला छ । सुरक्षाको सन्दर्भमा, यो फोन भिभोको अत्याधिक सक्षम फेस एक्सेस टेक्नोलोजीको साथ आउनेछ जसले फोनलाई आँखा झिम्काउन सक्ने भन्दा छिटो अनलक गर्छ।


