विश्व बैंकले नेपालको लागि स्वीकृत गर्यो १८ अर्ब ३० करोड ऋण |
काठमाडौं । विश्व बैंकले नेपालको लागि १८ अर्ब ३० करोड (१ सय ५० मिलियन अमेरिकी डलर) रुपैयाँ सहुलियत ऋण स्वीकृत गरेको छ। स्वास्थ्य शिक्षा पुर्वाधार लगायत क्षेत्रमा लगानी गर्न पाउने गरी ऋण स्वीकृत भएको हो।
यो रकमले नेपालको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने बैंकले विश्वास विश्व बैंकले गरेको छ। ऋण स्वीकृत भएपछि बैंकका नेपाल र माल्दिभ्स हेर्ने नेपालका आवासीय प्रतिनिधि फारिस हदाद जेर्भोसले भने 'यो सहयोगले नेपालको अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्नेछ, यस्तै निजी क्षेत्र र दिगो विकासका आयोजना अघि बढाउन समेत मद्दत पुग्नेछ।'
कोभिड-१९ को प्रकोपपछि नेपालमा तरलताको धेरै समस्या देखिइरहेका छ। यसलाई पनि केहि हदसम्म सहज पुग्ने बैंकको भनाइ छ।
यो ऋण महिलाहरुलाई वित्तीय साक्षरता जगाउन समेत प्रयोग हुनेछ। ऋण हरित विकासको अवधारणा अनुसार नै ऋण स्वीकृत भएको हो।


