अनलाइन कारोबारमा देखियो समस्या | दर्जन ब्रोकर कम्पनीले कारोबार गर्न पाएनन
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सञ्चालनमा ल्याएको पूर्ण स्वचालित अनलाइन कारोबार प्रणालीमा संचालनमा समस्या देखिएको छ । कारोबार प्रणालीमा समस्या देखिएका कारण लगानीकर्ताले वेब साइटमा प्रत्यक्ष कारोबार हेर्न पाएका छैनन्। त्यस्तै केही ब्रोकर कम्पनीले कारोबार समेत गर्न नपाउँदा नियमित शेयर कारोबार नै प्रभावित भएको छ ।
आइतबार नियमित कारोबार सुरु भएकै देखिनै समस्या देखिएको हो । नयाँ अनलाइन कारोबार प्रणालीमा कारोबार खुलेदेखिनै खरिद बिक्री आदेश दाखिला गर्न सकिएको छैन । तर नेप्से सँगको समन्वयपछि विस्तारै कारोबार सुरु भने भयो । ब्रोकर कम्पनीका अनुसार एक दर्जन ब्रोकर कम्पनीले अझै कारोबार गर्न पाएका छैनन्।
यता नेप्सेले भने डाटा सेन्टरमा समस्या देखिएका कारण कारोबारमा थोरै समस्या देखिएको जानकारी दिएको छ । लगानीकर्ताले वेभ साइटमा मार्केट डेप्थ हेर्न पाएका छैनन्। जसले गर्दा शेयरको वास्तविक खरिद विक्री मूल्य थाहा नपाउँदा लगानीकर्तालाई आदेश दिन समस्या परेको छ । सुस्त गतिमा कारोबार हुँदा कारोबार कारोबार हुने कम्पनी र कारोबार रकम दुवैमा प्रभाव परेको छ ।
Visited 1 times, 1 visit(s) today


