पहिलो त्रैमासमा बरुण हाइड्रोपावरको नाफा ३८.१ प्रतिशतले घट्यो |
काठमाडौं । बरुण हाइड्रोपावरले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा एक करोड १५ लाख ८४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । हाइड्रोपावरको नाफा गत बर्षको यसै अवधिको तुलनामा ३८.१ प्रतिशतले घटेको हो । गतबर्ष हाइड्रोपावरले एक करोड ८१ लाख २३ हजार रुपैयाँ नाफाआर्जन गरेको थियो । संचालन खर्चमा वृद्धि हुदा हाइड्रोपावरको नाफा घटेको हो ।
हाइड्रोपावरको कुल आम्दानी ३ करोड १३ लाख ६६ हजार रुपैयाँ छ । जसमध्ये विद्युत बेचेर १६ लाख ५१ हजार रुपैयाँ बराबरको आम्दानी गरेको हाइड्रोपावरले अन्य माध्यमबाट ५१ हजार रुपैयाँ आम्दानी गरेको छ ।
असोज मसान्तसम्म हाइड्रोपावरको संचालन खर्च १६ लाख ५१ हजार रुपैयाँ छ । जुन गतबर्षको तुलनामा ४ लाख ४१ हजार रुपैयाँले बढी हो । गतबर्ष हाइड्रोपावरको संचालन खर्च १२ लाख १० हजार रुपैयाँ थियो ।
Visited 1 times, 1 visit(s) today


