युरोपियन युनियनद्वारा रुसका उडानमाथि प्रतिबन्ध |
युरोपियन युनियनले सबै युरोपियन देशका आकाशमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले यस्तो जानकारी दिएका हुन् । उनले रुसका सबै प्रकारका उडानहरुलाई बन्द गराइएको आइतबार विज्ञप्तिमार्फत् उल्लेख गरे ।
उनले भनेका छन्–हामीले रुसका सबै प्रकारका उडानहरु, रुसी एयरलाइन्सका जहाजहरु र रुसबाट उडेका सबै प्रकारका जहाजलाई युरोपियन देशका आकाशमा बन्द गराएका छौं । युक्रेनमाथि रुसले गरेको आक्रमणको विरोधस्वरुप युरोपियन युनियनले रुसका विरुद्धमा यो प्रतिबन्ध लगाएको हो ।
रासस–सिन्ह्वा



