सानिमा बैंकका ग्राहकलाई नक्साल तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याक अफर |
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि नक्साल तरकारी बजारमा सजिलो ई बैंकिङ्ग मार्पmत् क्यूआर कोडबाट भुक्तानी गर्दा क्यास ब्याकको पाउने भएका छन् ।
यो योजना २०७८ फाल्गुनदेखि २०७९ बैशाख मसान्तसम्मका लागि लागू हुने बैंकले जनाएको छ ।
नक्साल तरकारी बजारमा सानिमा बैंकका ग्राहकले बैंकको मर्चेन्टसँग क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा प्रति कारोबारमा २% वा अधिकतम २० रुपैयाँ तथा मासिक अधिकतम ५ सय रुपैयाँसम्मको क्यास ब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।
बैंकका अनुसार, क्यास ब्याक वापत रकम आगामी महिनाको पहिलो हप्ता ग्राहकको खातामा जम्मा गरिनेछ ।


