सुनको मूल्यमा भारी गिरावट, तोलामा नै १,६०० ले घट्यो सुन |
काठमाडौं । बुधबार सुनको मूल्यमा भारी गिरावट आएको छ । फागुन ४ गते, सुन तोलामा एक हजार ६०० रुपैयाँले घटेको हो । यस्तै चाँदी पनि आज तोलामा ३५ रुपैयाँले ओरालो लागेको छ ।
यस दिन सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा झरेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
केहि दिनयता सुनको मूल्य लगातार बढिरहेको थियाे । मंगलबार सुन उच्च रुपमा बढोत्तरी भएको थियो । मंगलबार भने सुन तोलामा नै एक हजार २०० रुपैयाँले वृद्धि भएको थियो । हिजाे सुन प्रतिताेला ९६ हजार ७०० रूपैयाँमा किनबेच भयाे।
बुधबार चाँदीको भाउ पनि घटेको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला एक हजार २८५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
अघिल्लो कारोबार दिन भने चाँदीको भाउ तोलामा २० रुपैयाँले वृद्धि भएको थियो । सो दिन चाँदी प्रतितोला एक हजार ३२० रुपैयाँ पुगेको थियो ।


