‘खल्ती’ बाटै काठमाडौं महानगरपालिकाको कर तथा राजश्व भुक्तानी सुविधा सुरु |
काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी ’खल्ती’ डिजिटल वालेटले करदाताहरूकालागि काठमाडौ महानगरपालिकाको कर घरै बसी भुक्तानी गर्न मिल्ने सुविधा लिएर आएको छ। यो सुविधा उपलब्ध भए लगत्तै करदाताहरूले काठमाडौं महानगरपालिकाको तिर्नुपर्ने करहरू जस्तै : जग्गा, घर, भाडा, सवारी, साधन, व्यवसायको कर अब ‘खल्ती’ मार्फत सहजै भुक्तानी गर्न सक्नेछन्।
यस सेवाका बारे थप बोल्दै ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, “स्थानीय तहमा बुझाउने कर तथा सेवा शुल्क अनलाइनमार्फत् नै भुक्तानी गर्न पाउँदा त्यस क्षेत्रका बासिन्दालाई सहज हुनेमा कम्पनी विश्वस्त छ। साथै अहिलेको कोभिड–१९ को महामारीका बेला घरबाटै सेवा लिँदा अझ सजिलो र सुरक्षित हुने अपेक्षा पनि लिइएकाे छ ।
करदाताले तल बताइएको तरिका अनुसार ‘खल्ती’ छनौट गरि भुक्तानी गर्न सक्नेछन्।
यो सुविधा लिनुपुर्व करदाताले https://eservice.kathmandu.gov.np मा गएर आवश्यक पर्ने सम्पूर्ण विवरण दाखिला गरी करदाता पोर्टलमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ। दर्ता भई सकेको खण्डमा आफ्नो आफ्नो युजर नाम र पासवर्ड दाखिला गरि लग–इन गर्न सकिनेछ। करदाता पोर्टलमा लग इन गरे पश्चात करदाताको विवरण प्राप्त हुनेछ । आफूले तिर्ने करको छनोट गरेर कर मुल्यांकन हुनेछ। सम्पूर्ण विवरण सहि भए भुक्तानी विकल्पहरूमा खल्ती छनौट गरेर प्रक्रिया पूरा गर्न सक्नेछन्।
खल्ती’का २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ।


