सिटिजन्स बैंकद्वारा ”सिटिजन्स सपोर्ट सेन्टर” सेवाकाे सुरुवात |
काठमाडौं । सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दे आफ्नै नयाँ सिटिजन्स सपोर्ट सेन्टर (कल सेन्टर) सेवा २३ माघ ,२०७८ देखि संचालनमा ल्याएको छ । अब यस बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभई गर्न सकिनेछ ।
ग्राहकहरूले०१-५९७००६८नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ईमेल गरी कल सेन्टरको सुबिधा प्राप्त गर्न सक्नेछन् । कल सेन्टरको प्रयोगले ग्राहकहरुलाई सहज ढंगले बैंकिङ्ग सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्ने छ । हालका लागी यो सेवा आठ घण्टाको लागी आरम्भ गरिएको छ । क्रमश सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको छ । देशभरी रहेका १३ लाख भन्दा बढी ग्राहकहरुलाई यो सेवाको आरम्भ भएसगै बैकसंग थप नजिक हुन सहज हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले नगद रहित बैंकिङ्ग, व्यत्तिको उपस्थित बिनाको बैकिङ्ग, प्रणालिको स्वसंचालनतर्फ अफूलाई अग्रगामी बनाउदै लगेको कुरा सो कार्यक्रममा उपस्थित बैंकका व्यवस्थापकहरुलाई प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताए। अबको बैंकिङ्ग गा्रहकहरुलाई सरल , सुलभ, सुरक्षित, सहज बनाउदै प्रविधिको अत्याधिक प्रयोग गर्ने गरी काम अघि बढाउन उपस्थित व्यवस्थापकहरुलाई पोखरेलले अनुरोध गरे।
सिटिजन्स बैंकले प्रविधि मैत्री र नयाँ पुस्ता बैकिङ्गमा सिटिजन्सले आगामि दिनमा अत्याधिक प्राथमिकतामा राखि संचालन लागत घटाउन र ग्राहक मैत्री सहजता दिने विश्वास पनि पोखरेलले व्यक्त गरे। साथै उनले बैंकले आगामी दुई बर्ष भित्रको डिजिटल बैकिङ्ग सम्बन्धी मार्गचित्र समेत बनाएर अघि बढेको जानकारी दिएका छन्।
बैंकका १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकहरू रहेका छन् ।


