ट्राफिक प्रहरीलाई ‘ट्राफिक ब्यारिकेड’ हस्तान्तरण |
काठमाडौं । गणपति वनस्पति प्रालिले ट्राफिक प्रहरीलाई ‘ट्राफिक ब्यारिकेड’ हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमका बीच गणपतिले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत सो ब्यारिकेड हस्तान्तरण गरेको हो ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख उमेश राज जोशीलगायतको उपस्थितिमा भएको सो हस्तान्तरण कार्यक्रममा कम्पनीका तर्फबाट सञ्चालक अनन्ता मोर, राजीव मोर र बजार प्रबन्धक बिनोद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
सो क्रममा महाशाखाका प्रमुख जोशीले ट्राफिक प्रहरीलाई चेकजाँचका लागि सहज हुने ब्यारिकेड प्रदान गरेकामा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए ।


