थप २४४४ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा थपिए १,२८६ जना संक्रमित |
काठमाडौं । देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप १,२८६ जना कोरोना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यही अवधिमा थप ३१३ जना निको पनि भएका छन् । हालसम्म देशमा कूल सङ्क्रमितमध्ये ८ लाख १४ हजार ७९८ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । हालसम्म देशमा ११ हजार ६०७ जनाले ज्यान गुमाइसकेका छन् ।


