समृद्धि फाइनान्सद्वारा डस्टबिन हस्तान्तरण |
काठमाडौं । समृद्धि फाइनान्स बुटवल शाखाले रुपन्देहीको बुटवल उप–महानगरपालिकामा अवस्थित रहेको ऐतिहासिक महत्व बोकेको मणिमुकुन्दसेन उद्यान फूलबारीलाई डस्टबिन हस्तान्तरण गरेको छ ।
शुक्रबार एक कार्यक्रमकाबीच बुटवल शाखा प्रबन्धक विष्णुप्रसाद रिजालले उद्यानका अध्यक्ष खेमप्रसाद लुइँटेललाई डस्टबिन हस्तान्तरण गरेका हुन् ।
फाइनान्सले समृद्धि रेमिट्यान्स मुद्धति निक्षेपमा सर्वाधिक ११.३५ प्रतिशत सामान्य र बचत निक्षेपमा अधिकतम ७.५० प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खाताहरूसमेत सञ्चालनमा ल्याएको छ ।


