दुई कम्पनीको शेयरमूल्य समायोजन |
काठमाडौं । पुस २० गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन नेप्सेमा सिभिल बैंक र रिलायन्स फाइनान्सको शेयरमूल्य समायोजन भएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेले सिभिल बैंकको ५ प्रतिशत र रिलायन्स फाइनान्सको १५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात सिभिल बैंकको शेयरमूल्य प्रतिकित्ता २४५ रुपैयाँ ७१ पैसा र रिलायन्स फाइनान्सको ४५२ रुपैयाँ १७ पैसा कायम भएको छ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात सोमबार दोस्रो बजारमा सिभिल बैंकको शेयर प्रतिकित्ता २५८ रुपैयाँ र रिलयान्स फाइनान्सको ५२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।


