नामी कलेजद्वारा विभिन्न सङ्कायका विद्यार्थीहरू दिक्षित |
काठमाडौं । विश्वस्तरिय कोर्सहरू अध्यापन गराउँदै आएको गोकर्णेश्वरस्थित नामी कलेजले दिक्षान्त समारोह आयोजना गरेको छ ।
नर्थहेम्पटन विश्वविद्यालय बेलायतसँगको अर्थपूर्ण साझेदारीमा नामी कलेजले विश्वस्तरिय सङ्काय, पाठ्यक्रम र डिग्रीहरू सञ्चालन गर्दै आएको सो कलेजले हिजो बुधबार (डिसेम्बर २२)का दिन विभिन्न सङ्कायका विद्यार्थीहरूलाई दिक्षित गरेको हो ।
नेपालको एउटा विशिष्ट र सर्वाधिक रुचाइएको अध्ययन गन्तव्यका रूपमा स्थापित नामी कलेजले दीक्षान्त समारोहमा एमबिए, बिबिए, इन्भाइरोमेन्टल साइन्स र कम्प्यूटिगं कोर्स अन्तर्गत का बिद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ ।
काठमाडौँ विश्वविद्यालयका भाइस चान्सलर प्रोफेसर डाक्टर भोला केसी र कलेजकी अध्यक्ष डाक्टर आरजु राणा देउवाको उपस्थितिमा सम्पन्न सो समारोहमा नेपालका लागि बेलायतका कायममुकायम राजदूत एड वर्ड रोवर्टको पनि उपस्थिति रहेको थियो ।
कलेजले विद्यार्थीहरूलाई समयअनुरूप विभिन्न कार्यशाला, अतिरिक्त क्रियाकलाप र अन्य कार्यक्रमहरूसमेत आयोजना गर्दै आएको जनाएको छ ।अवसरमा कलेजले विज्ञप्ति प्रकाशित गर्दै भनेको छ “विश्वस्तरमा नै आफ्नो विषयमा ख्याति कमाउन सफल व्यक्तित्व र प्राज्ञहरूलाई नामी कलेजको दीक्षान्त समारोहमा स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ ।”


