सुनको मूल्यमा गिरावट, चाँदी भने स्थिर |
काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ। मंसिर २९ गते, बुधबार सुन तोलामा ५०० रुपैयाँले घटेको हो । यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुनको पनि मूल्य घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबार दिन भने सुन तोलामा ३०० रुपैयाँले बढेको थियो । सो दिन छापावाल सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा खरिदब्रिकी भएको थियो ।
बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी मंगलबारकै भाउ अर्थात् प्रतितोला एक हजार २१० रुपैयाँ कायम रहेको छ । मंगलबार भने चाँदी एकैदिन ताेलामा २० रूपैयाँले वृद्धि भएर प्रतिताेला एक हजार २१० रूपैयाँ पुगेकाे थियाे ।


