वात्सल्य नेचुरल आईभीएफले प्रमुख चार शहरमा स्वास्थ्य शिविर राख्दै |
काठमाडौं । सहयोगी प्रजनन उपचार विधिबाट सन्तान प्राप्तिमा सघाइरहेको वात्सल्य नेचुरल आईभीएफले देशका प्रमुख चार शहरहरूमा स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । ७० प्रतिशत सम्मको आईभीएफ सफलतादर हासिल भएको दाबी गरिरहेको वात्सल्यले पोखरा, बिर्तामोड, नेपालगञ्ज र जनकपुरमा शिविर आयोजना गर्ने भएको हो ।
निस्सन्तान सम्बन्धि संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिविरुद्ध रचनात्मक ढंगले जनचेतना फैलाउँदै आएको क्लिनिकले सेवाग्राहीको मागलाई मध्यनजर गर्दै प्रजननसम्बन्धी आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच बढोस् भन्ने हेतुले शिविर गर्न लागेको जानकारी दिएको हो । शिविरमा वात्सल्यका वरिष्ठ प्रजनन तथा स्त्रीरोग विशेषज्ञ डा. आकृति भारती रहनेछिन् ।
सेवाग्राहीहरूले आफ्नो प्रजनन् अवस्थाबारे छलफल गर्न तथा निःसन्तान हुनुको कारण पहिचान गर्न सक्नेछन् भने सम्भावित उपचार विधिबारे जानकारी पनि प्राप्त गर्न सक्नेछन् । पूर्ण परीक्षणपश्चात आईभी नै गर्नुपर्ने भएमा विशेष छुट व्यवस्था पनि गरिएको क्लिनिकले जनाएको छ । सेवा लिन चाहने सेवाग्राहीले ९८०१८२३४०१/९८०२३२०९९१ मा फोन गर्न सक्नेछन् ।
यस्तो छ शिविर तालिका :
पुस ३ गते, शनिबार – मेघा हेल्थकेयर, सभागृह चौक, पोखरा
पुस १० गते, शनिबार – निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिक, बिर्तामोड, झापा
पुस १७ गते, शनिबार – वात्सल्य हेल्थकेयर, नेपालगंज शाखा, बीटीएस चोक, नेपालगञ्ज, नर्सिंग होम अगाडि
पुस २४ गते, शनिबार – प्रदीप क्लिनिक, हस्पिटल रोड, वार्ड ६, जनकपुर, जनकपुर प्रादेशिक अस्पताल अगाडि


