नेपाल मुद्रा विप्रेषक संघको १६औं वार्षिक साधारण सभा सम्पन्न | चन्द टण्डनको नेतृत्वमा नया कार्य समिति
काठमाडौं । नेपाल मुद्रा विप्रेषक संघको १६ औं वार्षिक साधारण सभाबाट सिटी एक्प्रेसका सञ्चालक चन्द्र टण्डन अध्यक्षमा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न नयाँ नेतृत्व चयनका लागि होटल एलफ्ट ठमेल काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा टण्डन अध्यक्षमा निर्वाचत भएका हुन ।
संघका अध्यक्ष सुमन पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साधारण सभाको सञ्चालन सचिव ईन्द्र प्रसाद शर्माले गरेका थिए । संघको कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सुमन पोखरेलले रेमिट्यान्सको पछिल्लो अवस्था सन्तोषजनक नरहेको बताएका थिए ।
औपचारिक माध्यमबाट रेमिट्यान्स भि¥याउन सबैले सामुहिक प्रयत्न गनुपर्नेमा जोड दिएका थिए । संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघका महासचिव रितेश मित्तलले कोभिड १९ काकारण नकारात्मक हुने रेमिट्यान्स गत आर्थिक बर्षमा वृद्धि भएको बताए । तर, यस आर्थिक वर्षमा भने शुरु देखिनै रेमिट्यान्स आप्रवाहमा आएको गिरावट प्रतिचिन्ता सबै चिन्तित हुन पर्ने बताए ।
संघका कोषाध्यक्ष सञ्जय सिग्देलले संघको वार्षिक आर्थिक प्रतिवेदन गरेका थिए । अध्यक्ष टण्डनको नेतृत्वमा चयनभएको नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.), सञ्जय सिग्देल महासचिव (सूर्या रेमिट प्रा.लि.) ईन्द्र प्रसाद शर्मा कोषाध्यक्ष (आईपे रेमिट प्रा.लि.) तथा सचिवमा दिपेन्द्र खनाल(इजीलिंक रेमिट्यान्स प्रा.लि.)चयन भएका छन ।
यसैगरी सदस्यतर्फ प्रविन अधिकारी (क्यास वे मनिट्रान्सफर प्रा.लि.), दिवाकर पौडेल (जिएमई रेमिट प्रा.लि.), सञ्जिव पाठक (ए.टि.टि रेमिट प्रा.लि.) चयन भएका छन । संघको विधानत अध्यक्षबाट मनोनित हुने २ जना सदस्यहरुमा भने युमा श्रेष्ठ (हिमालयन बैंक लि.) र रामेश्वर सापकोटा (प्रभू मनिट्रान्सफर प्रा.लि.)मनोनित भएका छन ।


