फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा |
काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर सहित ७ प्रतिशत नगद लाभांश गरी कुल ४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
हाल लघुवित्तको चुक्ता पूँजी ६२ करोड ५छ लाख १९ हजार २५० रुपैयाँ रहेको छ। ३५ प्रतिशतका दरले २१ करोड ८९ लाख ३१ हजार ७३७ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ८४ करोड ४४ लाख ५० हजार ९८७ रुपैयाँ ५० पैसा कायम हुनेछ।


