वोमीले बोलायो साधारण सभा, लाभांश वितरण र मर्जर प्रस्ताव पारित हुँदै |
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।
लघुवित्तले पुस १६ गते शुक्रबार, होटल अरनिको, धुलिखेल, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बोलाएको हो। साे सभा बिहान ११ बजे शुरू हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २० प्रतिशतका दरले बोनस शेयर वितरण गर्र्ने र सूर्योदय लघुवित्तसँग १ बराबर १ अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै मर्जरपश्चात बन्ने लघुवित्तको नाम सूर्योदय वोमी लघुवित्त कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पनि सो सभाले पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ लघुवित्तले पुस १ गतेदेखि १६ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यद्यपि मर्जर प्रयोजनार्थ लघुवित्तको शेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ।


