कामना सेवाको फूटसल प्रतियोगिता : बैंक/वित्तीय संस्थाका कर्मचारीले प्रतिष्पर्धा गर्ने |
काठमाडौं । कामना सेवा विकास बैंकले पुस दोस्रो साता ‘कामना सेवा फूटसल कप २०२१’ आयोजना गर्ने भएको छ । सो प्रतियोगितामा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको टीम सहभागी हुने बैंकले जानकारी दिएको छ ।
फूटसल कमिटीमा अखिल नेपाल फुटबल संघ (एन्फा) रहनेछ भने व्यवस्थापन तथा सञ्चालन खेलपाटी डटकमले गर्नेछ । बैंक सञ्चालक विश्वेश्वर सुवेदी र प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतले प्रतियोगिता आयोजना घोषणा गरिसकेका छन् ।
बैंक तथा बीमा क्षेत्रका कर्मचारीहरूमा स्वास्थ्य तथा निरोगिता प्रवद्र्धन गर्ने र संस्थाहरूबीच मैत्रीपूर्ण सम्बन्ध बढाउन प्रतियोगितामार्फत सघाउ पुग्ने बैंक सञ्चालक सुवेदीले बताएका छन् ।


