छोरीहरूको सशक्तीकरणका लागि ‘छोरी पञ्चायत’ |
काठमाडौं । नेपालमै पहिलो पटक आयोजना भएको ‘छोरी पञ्चायत’ कार्यक्रममा बालिकाहरुले सामाजिक, आर्थिक र राजनीतिक अधिकारको माग गरेका छन ।
काभ्रेपलाञ्चोकको नमो बुद्व नगरपालिकाको बोहरे गाउँमा आज देशकै पहिलो ‘छोरी पञ्चायत’ कार्यक्रम सम्पन्न भएको छ । भारतबाट महिला अधिकारको आवाज उठाउने सुनिल जगलानले नेपालमा बालिकाको अधिकारको लडाइँ सुरु गर्न निकै सारभूत ढङ्गले छोरी पञ्चायत कार्यक्रमको आयोजना गरेका थिए, जसमा विद्यालयका छात्राहरूबाहेक वरपरका गाउँका महिलाहरूले पनि सहभागिता जनाएका थिए ।
यसमा पहिलो पटक छोरी पञ्चायतको अध्यक्षमा रमा कार्की निर्वाचित भएकी छिन् ।
त्यसपछि संस्कृति र पितृसत्ताको प्रतीक मानिएको नेपालको राष्ट्रिय ढाका टोपी रमालाई लगाइयो र संस्कृतिमा समानता कायम होस् भन्ने उद्देश्यले उनको अध्यक्षतामा छोरी पञ्चायत भएको थियो जसमा बालिकाहरूले खुलेर आफ्नो विचार व्यक्त गरेका थिए ।
कार्यक्रममा रमाको सचिवको भूमिका सुनिल जगलानले निभाएका थिए । कार्यक्रममा सविना रेग्मीले अहिले छोरीलाई सामाजिक अधिकार दिनुपर्ने बताइन् तर छोरा बराबर परिवारले छोरिहरुलाई खाना नदिँदा कसरी राजनितिक र सामाजिक अधिकार प्राप्तिको आशा गर्ने सकिन्छ भन्ने प्रति प्रश्न गरेकि थिईन् ।
कार्यक्रमकी अर्की सहभागी संगिता श्रेष्ठले नेपाली समाजमा अझै पनि छोरी जन्माउन संघर्ष गर्नुपर्ने बताइन् । अब छोरी पञ्चायतको आवाजले हाम्रो अधिकारलाई सचेततापूर्वक रक्षा गर्नुपर्छ भन्ने कुरा सरकारले बुझ्नुपर्छ ।
‘हाम्रो देशमा पनि भारतका सुनिल जगलानजस्ता केटीहरूलाई सहयोग गर्ने दाजुभाइ हुनुपर्छ,’ कार्यक्रमकी अर्की सहभागी दिया डोटेलले भनिन् । त्यस्तै, माया मोक्तानले आजसम्म आफ्नो सम्पत्तिको हक पनि नपाएको बताइन् ।
पञ्चायतको अन्त्यमा २० वर्ष नपुग्दै युवतीसँग विवाह गर्नेलाई ३ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवाना गर्ने सामूहिक निर्णय भएको थियो । यसका साथै यसमा संलग्न व्यक्तिलाई जरिवानासँगै सजायको व्यवस्था गर्ने साथै साथै छोरीहरूलाई उनीहरूको सामाजिक, आर्थिक र राजनीतिक अधिकार दिन पञ्चायतले भूमिका खेल्ने भएको छ ।
छोरी पञ्चायतका संयोजक सुनिल जगलानको भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपतिबाट पटकपटक प्रशंसा भइसकेको छ भने अन्तर्राष्ट्रिय संघसंस्थाले उनको अभियानलाई भारतमा सकारात्मक परिवर्तनको आधार मानेका छन् । सन् २०२१ को जुन महिनामा नेपालमा ‘सेल्फी विथ डटर’ अभियान सुरु गरिएको थियो, जसलाई यहाँ निकै मन पराइएको छ र ‘सेल्फी विथ डटर’का तीन विजेतालाई २१ हजार, ११ हजार र ५१०० रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । तत्कालीन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतोले उक्त अभियानमा सहभागी भई प्रशंसा गर्नुभएको थियो ।
छोरी पञ्चायतका संस्थापक सुनिल जगलानले नेपालमा बालिकाको अधिकारका बारेमा चेतना अभिवृद्धि गर्ने र पुरुषले आफ्नो अधिकार खोस्ने कुरीति त्याग्नुपर्छ भन्ने अनुभूति गराउने प्रयास गरिरहेको बताए । छोरी पञ्चायतमा नमो बुद्व नगरपालिकाका उपमेयर रामदेवी तामाङको सहभागिता थियो भने नेपाल इन्टरनेट फाउण्डेसनको टोलीको सहभागिता रहेको थियो ।
जागलानले शिक्षा मन्त्री देवेन्द्र पौडेलसँग भेट गरेर यो अभियानलाई राष्ट्रव्यापी बनाउँदै छोरीहरूको हकहीत तथा उनीहरूको सशक्तीकरणमा काम गर्नुपर्ने विषयमा छलफल गरेका छन् ।


