दुगड समूहको स्वस्तिक आयललाई उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मान |
काठमाडौं । के.एल. दुगड समूह अन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि लाई मोरङ व्यापार संघले सम्मान गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक करिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनिकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याई उत्कृष्ट निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले सम्मान गरेको हो ।
संघले उक्त सम्मान आफ्नो ६५ औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन शर्माबाट स्वस्तिक आयल इन्डष्ट्रिज् प्रा.लि.का संचालक विकास दुगडलाई प्रदान गरेको हो ।
स्वस्तिक आयलले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तेलहरू उत्पादन गरि बिक्रि–वितरण गर्दै आइरहेको छ ।


