हाम्रो पात्रो एपवाट दुइ महिना मै १ करोड भन्दा बढिको रेमिट्यान्स भित्रियो |
काठमाडौं । नेपालकै लोकप्रिय एप हाम्रो पात्रो एपवाट १ करोड भन्दा बढिको रेमिट्यान्स नेपाल भित्रिएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले दुइ महिना आघि मात्र यो सुबिधा प्रयोगकर्तामाझ सुचारुमा ल्याएको थियो।
यो अवसरमा हाम्रो पात्रो इंकका सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदार धन्यवाद व्यक्त गरेका छन् । उनले भने, ‘यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ,’ म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको समर्थन र विश्वासको लागि आभार ब्यक्त गर्दछु। हाम्रो लक्ष्य भनेको नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा नेपालमा पैसा पठाउने सुबिधा दिनु हो।’ त्यसैगरि इन्स्ट्यांन्ट ट्रान्सफरू सुबिधा चाडै आउने शंकर उप्रेतीले बताए( जस अन्तर्गत पैंसा पठाएको केहि समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा पैंसा डिपोजिट हुनेछ।
रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्।
हाम्रो पात्रो एपले नेपाली एपहरुमा नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ। यस अघि १० लाख र ५० लाख हुदै १ करोड डाउनलोड पुरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो। पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो।


