लक्ष्मी बैंकको डिजिटल डिसेम्बरको तेस्रो संस्करण |
काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो ग्राहकहरुलाई सधैँ डिजिटल बैकिङ्ग प्रयोग गर्न प्रोत्साहन गर्न आफ्नो वार्षिक योजना डिजिटल डिसेम्बरको तेस्रो संस्करण लिएर आएको छ । डिजिटल डिसेम्बर नाम गरिएको सो योजनाले विभिन्न पुरस्कार र छुटहरुको माध्यमद्वारा ग्राहकहरुलाई डिजिटल बैकिङ्ग प्रविधिहरुको प्रयोग गर्न प्रोत्साहन गर्ने बैंकले जनाएकाे छ ।
यो एक महिने अभियानको उद्देश्य ग्राहकहरूलाई बैंकको डिजिटल बैंकिङ सेवाहरूमा दर्ता तथा सक्रिय गराई तिनको प्रयोग गर्न आकर्षित गर्नु रहेकाे पनि बैंकले बताएकाे छ ।
डिजिटल डिसेम्बरको यस संस्करण क्यूआर भुक्तानीको प्रवर्द्वन गर्नमा केन्द्रित भएकाे र लक्की ड्रद्वारा ग्राहकहरुलाई क्यूआर भुक्तानी गर्न र व्यवसायी हरुलाई क्यूआरबाट लेनदेन गर्न प्रोत्साहन गर्ने बैंककाे लक्ष्य रहेकाे छ । यस योजना अन्तर्गत, डिजिटल डिसेम्बर भरी हरेक हप्ता ३ भाग्यशाली क्यूआर व्यवसायीहरुले ५,००० रूपैयाँ नगद पुरस्कार जित्न सक्नेछन् भने प्रत्येक दिन ५ जना भाग्यशाली क्यूआर भुक्तानी गर्ने ग्राहकले ५०० रूपैयाँसम्मको ५० प्रतिशत क्यासब्याक जित्न सकिनेछ ।
साथै यस योजनाको अवधि भरी, मोबाईल मनीका नयाँ प्रयोगकर्ताहरुले मोबाईल मनी मार्फत १००० रूपैयाँभन्दा बढीको कुनै पनि कारोबार गर्ने ग्राहकहरु मध्य ५०० जना भाग्यशाली ग्राहकहरुले डिसेम्बर महिनाको अन्त्यमा ५०० रूपैयाँ क्यासब्याक पाउन सक्नेछन् । यसका साथसाथै डिजिटल कारोबारलाइ थप प्रोत्साहन गर्न डिजिटल डिसेम्बर महिनाभरी मोबाईल मनी सब्स्क्राइब गर्ने सबैले एक महिना सो सेवा निस्शुल्क पाउन सकिनेछ ।
डिजिटल डिसेम्बरको यो संस्करण सुरु भैसकेको छ । लक्ष्मी बैंकले यस अन्तर्गतका पुरस्कारका योजनाहरु यसै साता देखी सार्वजनिक गर्दै जाने छ।


