काठमाडौंको तापक्रम ७.१ डिग्री सेल्सियस,यस वर्षकै चिसो |
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यसवर्षकै कम अर्थात ७.१ डिग्री सेल्सियसमा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । मंसिर १ गते काठमाडौं उपत्यकामा ७.४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज ७.१ डिग्री सेल्सियस तापक्रम छ ।
देशभरका अन्य ठाउँहरुमा पनि आइतबार तापक्रम घटेको छ । आज सबैभन्दा कम जुम्लाको तापक्रम माइन्स ३.५ डिग्री सेल्सियस मापन गरिएको छ ।
यस्तै जोमसोमको तापक्रम, १ डिग्री सेल्सियस, जिरीको तापक्रम १.५ डिग्री सेल्सियस, डडेल्धुराको तापक्रम ६.२ डिग्री सेल्सियस, लुम्लेको तापक्रम ६.५ डिग्री सेल्सियस, ताप्लेजुङको तापक्रम ७.२ डिग्री सेल्सियस, वीरेन्द्रनगरको तापक्रम ८.७ डिग्री सेल्सियस, र घोराहीको तापक्रम ९.८ डिग्री सेल्सियस मापन गरिएको छ ।



