जाजरकोटमा बस दुर्घटना : मृतकको सनाखत, घाइतेलाई हेलिकोप्टरबाट नेपालगञ्ज पठाइँदै |
काठमाडौं । नेपालगञ्जबाट जाजरकोटको कालीमाटीतर्फ जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस दूर्घटनामा परेको छ ।
दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने २५ जना घाइते भएका छन् ।
जाजरकोट प्रहरीका अनुसार मृत्यु हुनेमा जाजरकोटको नलगाड नगरपालिका–१० का शेरबहादुर परियार, कुशे गाउँपालिका–९ की १८ वर्षीया अनिला नेपाली, रुकुम पश्चिमको आठविसकोट नगरपालिका–५ की २४ वर्षीय सन्ध्या मल्ल शाही, उनकी चार वर्षीय छोरी दिव्या शाही र सप्तरीका ४० वर्षीया गंगाराम यादव रहेका छन्।
घाइते मध्ये तीन जनाएको अवस्था गम्भीर रहेको छ । उनीहरुलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गर्ने तयारी भैरहेको छ। रिफरका लागि हेलिकप्टर माग गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिए । घाइते सबै जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।



