विद्युत ग्रीड आधुनिकीकरण परियोजनाका लागि एडिबिको थप सात अर्ब ऋण, सम्झौता आज हुने |
काठमाडौं । एसियाली विकाष बैक(एडिबिले) सात अर्ब आठ करोड रुपैयाँ थप ऋण सहयोग गर्ने भएको छ । विद्युत ग्रिड आधुनिकीकरण परियोजना (इजिएमपि)को कार्यान्वयनका लागि ६० मिलियन अमेरिकी डलर ऋण सहयोग गर्ने भएको अर्थ मन्त्रालयले जानएको छ।
थप ऋण सहयोग सम्बन्धमा शुक्रबार हस्ताक्षर हुने छ । अर्थ मन्त्रालयका अनुसार शुक्रबार बिहान ११ बजे हस्ताक्षर कार्यक्रम राखिएको छ । कार्यक्रममा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनिले नेपाल सरकारको तर्फबाट र अर्नाउड काचोइसले एसियाली विकास बैंक नेपाल नियोगको तर्फबाट हस्ताक्षर आदान प्रदान गर्ने छन् ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र काचोइसले समेत हस्ताक्षर गर्ने बताइएको छ । उक्त सहयोगले नेपालको बिद्युत प्रणलीको आधुनिकीकरणमा थप सहयोग पुग्ने अर्थ मन्त्रालयको भनाई छ ।
Visited 1 times, 1 visit(s) today


