गणपति लघुवित्तको लाभांश राष्ट्र बैंकबाट स्वीकृत |
काठमाडौं । गणपति लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ।
लघुवित्तको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। सो लाभांश वितरणको लागि केन्द्रिय बैंकले स्वीकृति प्रदान गरेको हो।
उक्त लाभांश अक लघुवित्तको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
Visited 1 times, 1 visit(s) today


