शिवम् सिमेन्टद्वारा निर्माणकर्मीहरुका लागि पाँच लाखको दुर्घटना बीमा हस्तान्तरण |
काठमाडौं । शिवम् सिमेन्टले निर्माणकर्मीहरुका लागि ५ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा पोलिसी हस्तान्तरण गरेको छ । देशका विभिन्न स्थानहरुमा दक्ष प्राविधिकद्धारा निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तरक्रिया कार्यक्रममा शिवम् सिमेन्टले निर्माणकर्मीहरुलाई दुर्घटना बीमा गरेको हो ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आईरहेको भन्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।
अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरुका लागि ५ लाख रुपैयाँ बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको छ ।
पहिलो चरण अन्तरगत हालसम्म काठमाडौं, मकवानपुर,पर्सा, रौतहट,जनकपुर,महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरुसँग प्राविधिक अन्तरक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनी प्रतिनिधिले बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी,निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहु आई पर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराईएको कम्पनीले जनाएको छ ।


