अरुण काबेलीको हकप्रद निष्काशन प्रकृया अघि बढ्यो |
काठमाडौं । अरुण काबेली पावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको छ । त्यस क्रममा कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ्गलाई नियुक्त गरेको हो ।
त्यस अनुसार कम्पनीले निष्काशन गर्ने शत प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम नविल इन्भेष्टमेन्टले गर्नेछ ।
कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८५ करोड रुपैयाँको शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ । कम्पनीले शत प्रतिशत हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाबीच भइ बग्ने काबेली नदीमा २५ मेगावाटको काबेली बि १ जलविद्युत आयोजना निर्माण पुरा गरी २०७६ कार्तिक २३ गते देखि व्यवसायिक उत्पादन गरिरहेको छ ।



