हिमालयन बैंक खुद नाफा २४ प्रतिशतले बढ्यो |
काठमाडौं । हिमालयन बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४५ करोड २८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा २३.७६ प्रतिशतले बढि हो ।
गत आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ३६ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.३४ प्रतिशत बढेको छ । यस्तै सञ्चालन मुनाफा २५.१६ प्रतिशत बढेको छ । यस अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज १३ करोड ४८ लाख रुपेयाँबाट बढेर १८ करोड ६८ लाख रुपैयाँ पुगेको छ।
यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९३ करोड १७ लाख (ओपनिङ्ग ब्यालेन्स सहित) रुपैयाँ रहेको छ ।
चुक्ता पूँजी १० अर्ब ६८ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी पनि १ रुपैयाँ ३३ पैसाले बढेर १६ रुपैयाँ ९५ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ ४९ पैसा र मूल्य आम्दानी अनुपात २८.५५ गुणा रहेको छ ।
बैंकको जगेडा कोष ४.५९ प्रतिशतले बढेको छ भने निक्षेप ०.८२ प्रतिशत र कर्जा ९.५६ प्रतिशतले बढेको छ ।


